आमाको सम्झनामा विद्यार्थीलाई पाठ्य सामाग्री

भुरीगाउँ । सरस्वती पुजाको अवसरमा जनचाहना आधारभूत विद्यालय डुम्रेनीमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

जनचाहना आधारभूत विद्यालयका पूर्व विद्यार्थी प्रभुनाथ घोडासैनीले आफ्नी स्वर्गवासी आमा भागी जैसिको सम्झनामा कक्षा नर्सरी, केजी र १ कक्षाका ८४ जना विद्यार्थीलाई कापी र सिसाकलम प्रदान गर्नु भएको प्रधानाध्यापक यज्ञ नेपालले जानकारी दिनुभयो ।

विकासप्रेमी युवा समूहको संयोजनमा वितरण गरिएको शैक्षिक सामग्री आफ्नो गाउँठाँउका बालबालिका नानिबाबुहरुको उज्ज्वल भबिस्यका लागि कापी कलम नपाएर कोहि पनि शिक्षाबाट बन्चित नहुन भन्ने सकारात्मक सोचका साथ आफ्नो सानो सहयोग कार्यले विद्यार्थीलाई पठनपाठनमा हौसला तथा उर्जा मिल्नुका साथै गाउँका युवाहरुमा सकारात्मक सोचको विकास गर्नुमा एक नागरिकको आफ्नो कर्तव्य जिम्मेवारी महसुस होस भन्ने उद्धेश्यले सरस्वती माता विद्याकी देवी सरस्वती पुजाको अवसरमा शैक्षिक सामग्री प्रदान गरेको हाल वैदेशिक रोजगारीमा रहनु भएका विद्यालयका पुर्व विद्यार्थी प्रभुनाथ घोडासैनीले जानकारी दिनुभयो ।

जनचाहना आधारभूत विद्यालय डुम्रेनीका शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विकासप्रेमी युवा समूह बर्दियाका अध्यक्ष गोपाल निरौलाले शिक्षा पाउनु बालवालिकाको पहिलो अधिकार भएकाले बालबालिकालाई अध्ययनका लागि सबै मिलेर सहयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा विकासप्रेमी युवा समूह बर्दियाका कोषाध्यक्ष किरण खत्री, ठाकुरबाबा नगर अध्यक्ष हेमराज आचार्य, जनचाहना आधारभूत विद्यालयका निवर्तमान शिक्षक अभिभावक संघ अध्यक्ष बिशाखर घोडासैनी, प्रभुनाथ घोडासैनीकि धर्मपत्नी रमिता घोडासैनी लगायतका महानुभावहरु वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्नु भएको थियो ।

जनचाहना आधारभूत विद्यालयका प्रधानाध्यापक यज्ञ नेपाल र शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्र बहादुर शाहिले यस विद्यालयमा अधिकांश गरिव तथा विपन्न वर्गका वालवालिका अध्ययन गर्ने भएकाले शैक्षिक सामग्रीको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो । अनलाइन संवादबाट

Back to top button