शान्तिबजारमा फाेहाेर व्यवस्थापन गर्न सहज हाेस् भन्दै फोहोर मलाई वितरण

शान्तिबजार । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार बजार व्यवस्थापन समितले फोहोर व्यवस्थापन गर्न सहज होस भन्दै फोहोर मलाई वितरण गरेको छ । पहिलो चरणमा २५ वटा फोहोर मलाई वितरण गरिसकेको समितिले दोस्रो चरण अन्तरगत शान्तिबजार भित्र करिब १५ वटा फोहोर मलाई वितरण गरिएको शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष जमान कडायतले जानकारी दिनुभयो ।

गेरुवा गाउँपालिकाको सहयोगमा र बजार व्यवस्थापन समितिको समन्वयमा बजार भित्र आवश्यकता अनुसार फोहोर मलाई वितरण गरिएको अध्यक्ष कडायतले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । फोहोर व्यवस्थापन गर्न चुनौति थपिरहेको समयमा बजार समितिले फोहोर मलाई वितरण गरेर फोहोर व्यवस्थापनमा केही सहज गरेको देखिन्छ ।

व्यवसायीहरुले फोहोर व्यवस्थापन गर्न कुनै निश्चित ठाउँमा फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) बनाएर यसको व्यवस्थापन गर्न समितिले पहल गर्नुपर्ने बताएका छन ।

Back to top button