फागुन ३ गते गेरुवाको शान्तिबजारमा देउडा खेल हुने

शान्तिबजार । पश्चिमेली गेरुवा एकीकृत विकास समाजले आफ्नो संस्कृति जोगाउने उद्देश्यले देउडा खेल सुरु गर्ने भएको छ । देउडा खेल्ने संस्कृति लोप हुन लागेको भन्दै देउडा पारखी र देउडा खेलाडीहरुले गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित हाट बजारको प्राङ्गणमा देउडा खेल सुरु गर्ने भएका छन ।

देउडा खेलकाे लागि आउँदो फागुन ३ गते बिहीबार चर्चित देउडा गायक गायिक नेत्र खड्का र हिउँकला भण्डारी लगायतको टोलीलाई गेरुवामा निमन्त्रणा गरिएको छ । बिहान १० बजेदेखि सुरु हुने देउडा खेल साँझ ६ बजेसम्म संचालन हुने पश्चिमेली गेरुवा एकीकृत विकास समाजका अध्यक्ष कृष्ण बहादुर कठायतले जानकारी दिनुभयो ।

३ गते सुरुवात हुने देउडा खेललाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने विषयमा टिममा छलफल भइरहेको पश्चिमेली गेरुवा एकीकृत विकास समाजका सचिव हुकुम बहादुर चलाउनेले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । आयोजकले थप जानकारीका लागि ९८४८१५३००९ (हुकुम बहादुर चलाउने), ९८४९९६८९७३ (कृष्ण बहादुर कठायत) लाई सम्पर्क गर्न सकिने जनाएको छ ।

Back to top button