राधाकृष्ण थारू जनसेवा केन्द्रद्वारा गेरुवामा वाल संरक्षण समितिलाई अभिमुखिकरण

पशुपतिनगर । राधाकृष्ण थारू जनसेवा केन्द्रको आयोजनामा गेरुवा गाउँपालिकामा बाल अधिकार तथा वाल संरक्षण सम्बन्धी सरोकारवालाहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ । प्लान नेपाल इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गेरुवा गाउँपालिका वडा नं. ५ मा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको सहजिकरण गर्दै गेरुवा गाउँपालिका महिला वालवालिका तथा समाज कल्याण उपशाखा प्रमुख रमा पुन मगरले बाल अधिकार, वाल संरक्षण, बालबालिका सम्बन्धी विद्यमान कानुनी प्रावधान र शिक्षा, स्वास्थ्य प्रजनन अधिकार तथा यौनिक तथा लैङ्गिक हिंसाको पहिचान, प्रकार र अवस्थाका एवम पालिका तथा वडा स्तरिय वाल संरक्षण समितिको गठन, काम, कर्तव्य र अधिकारका वारेमा जानकारी गराउनुभएको थियो ।गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष एवं गेरुवा गाउँपालिकाका प्रवक्ता धर्मप्रकाश थारुको समापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, वडा स्तरिय वाल संरक्षण समितिका पदाधिकारीहरु र संचारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष थारुले राधाकृष्ण थारु जनसेवा केन्द्रले बाल विवाह न्यूनिकरण अभियानमा खेलेको भूमिका उल्लेखनिय रहको बताउँदै यस्ता अभियानमा सबैको हातेमालो हुन आवश्यक रहेको बताउनुभयो ।कार्यक्रमको संचालन प्लान नेपाल इन्टरनेशनको सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र द्वारा सञ्चालित वालिका सशक्त परियोजनाको गेरुवा गाउँपालिका फिल्ड सुपरभाईजर शान्ती भट्टराईले गर्नुभएको थियो । कार्यक्रममा गेरुवा गाउँपालिकाका कार्यपालिका सदस्य श्यामपति चौधरी, वडा सदस्य बिरेन्द्र बहादुर शाह, दयाराम चौधरी, वडा सचिव देवेन्द्र प्रसाद चौलागाँइ लगायतको सहभागिता रहेको थियो ।

 

Back to top button