राजापृुर नगरपालिकाद्वारा जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा

राजापुर । राजापुर नगरपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ। सोमबार राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा फागुन १ गते मंगलवार जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ।सूचना अनुसार कार्यपालिकाकाे २०८० माघ २६ गतेकाे निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय गरिएकाे जनाइएकाे छ । सो दिन गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने कार्य बन्द गरिनेछ भने नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा रहेको जनाइएको छ ।

सर्वोच्च अदालतले पुस १३ गते जनयुद्ध दिवसमा बिदा नदिने आदेश दिएको थियो। सर्वोच्चको आदेशविपरीत केही पालिकाहरुले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेका छन ।

Back to top button