अनेरास्ववियुको आयोजनामा गेरुवामा हाजिरी जवाफ प्रतियोगिता हुने

गोला । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गेरुवामा बिहीबार मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको छ । अनेरास्ववियु गेरुवा गाउँपालिका कमिटीले जनता मावि गोला नजिकै प्रतियोगिता गर्ने भएको हो ।

बिहान ११ बजेदेखि सुरु हुने भनिएको प्रतियोगितामा प्रमुख अतिथि अनेरास्ववियुका लुम्बिनी प्रदेश कमिटी उपाध्यक्ष मदन भण्डारी रहने कार्यक्रम रहेको अनेरास्ववियु गेरुवा गाउँपालिका कमिटी अध्यक्ष दिनेश अयडीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई स्टेशनरी सामाग्रीका साथै प्रमाणपत्रको व्यवस्था गरिएको छ । अनेरास्ववियुले गुणस्तरीय शिक्षा, व्यवहारिक शिक्षा र शिक्षाको वदलिकरणका लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

Back to top button