रवि लामिछानेको प्रश्न : सहकारीका ठगहरूलाई कारबाही गर्न कसले रोकेको छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गर्नुभएकाे छ । बुधवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गर्नुभएकाे हाे ।

उहाँले भन्न्भयाे– ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।’

GCI COLLEGE

उहाँले वर्षौदेखि संसदमा आरोप घोचपेच गर्ने थलो बनाउनुभन्दा अलि फरक ढङ्गले जान आफ्नो प्रस्ताव रहेको बताउनुभयाे । ज्ञान बाँड्ने र घोचपेच गर्ने थलो बनाउने हो भने आफ्नै दलबाट फर्किएर हेर्न उहाँले आग्रह गर्नुभयाे ।

Laxmi sunrise bank

उहाँले भन्नुभयाे– ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि ? जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ सङ्गठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि ? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि ? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि ? नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि ?  लामो समय सरकारमै भएजस्तो लाग्छ । राजनीतिमा सरकारमा वर्षौँ हुँदा पनि रोक्यो चाहिँ के ले ? नयाँ दलले ? नयाँ मान्छेले ?’

Shivam Cement

उहाँले चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा लैजान अगुवाइ गरेको, अधिकार प्राप्त निकायले बयानका लागि बोलाउँदा गाडी नभएर नगएको भए गाडी पनि मगाइदिन्थ्यौँ भन्दै काङ्ग्रेसप्रति कटाक्ष समेत गर्न्भाये । उहाँले यस्ता दलहरूले सदनमा सुशासन र छेडखानीका कुरा नगर्न आग्रह गर्नुभयाे ।

Back to top button