रेडक्रस राजापुरको सभापतिमा संयुक्त प्यानलका उम्मेदवार पाण्डेकाे प्यानल बिजयी

केशव कोईराला, राजापुर । नेपाल रेडक्रस सोसाइटी बर्दिया राजापुर उपशाखा (क) को सभापतिमा संयुक्त प्यानलका उम्मेदवार कमल पाण्डे बिजयी भएका छन् । पाण्डेले २ सय ३१ मत प्राप्त गरेका हुन् ।

प्रतिद्वन्दी स्वतन्त्र प्यानलका माया भट्टराईले १ सय १० मत ल्याएकी छन् । यस्तै सचिव पदमा संयुक्त प्यानलका घनश्याम चौधरीले २ सय ३३ मत ल्याउदा प्रतिद्वन्दी चन्द्रश्वर शर्मा सुवेदीले ९९ मत ल्याए । सदस्यहरुमा मतसहित रामवहादुर चौधरी (२२४), कृष्ण प्रसाद शर्मा (२३०), मान वहादुर आले (२२८) र जीवराज रेग्मी (२२७) मत प्राप्त गरी बिजयी भएका छन् ।

कुल ६ सय ४२ मतदाता रहेको उपशाखामा ३ सय ७६ मत खसेको निवार्चन अधिकृत कुमार लामिछानेले जानकारी दिए । यस अघि आइतवार ४ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमा उपसभापती पदमा रत्ना केसी, उप सचिवमा देवी केसी, सह कोषाध्यक्षमा, कृष्णकला श्रेष्ठ र सदस्यमा देवी तिमिल्सीना रहेका छन् ।

Back to top button