नागरिक बचाउ अभियान अन्तरगत गेरुवामा टोल कमिटी गठन विस्तार हुँदै

गिदरपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान अन्तरगत गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुरमा टोल कमिटी गठन गरेको छ । बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध दुर्गा प्रसाईको अगुवाईमा देशव्यापी अभियान चलिरहेको बेला गेरुवामा समेत टोल कमिटी गठनलाई तिव्रता दिइएको छ ।यस्तै नागरिक बचाउँ अभियानका गेरुवा अध्यक्ष जयराम विसीको नेतृत्वमा गिदरपृुरमा टोल कमिटी गठन गरिएको हो । टोल कमिटीमा मिना परियारको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ । जसको सचिवमा अनुपा डंगोल रहनुभएको छ । कार्यक्रममा भेरी अञ्चल सदस्य चन्द्र बहादुर परियार, जिल्ला सचिव गोपाल शाही लगायतको सहभागिता रहेको थियो ।गेरुवा गाउँपालिकाका ६ वटा वडामा ६४ वटा टोलहरुमा अहिलेसम्म २१ टोल कमिटी गठन गरिएको नागरिक बचाउँ अभियान गेरुवाका अध्यक्ष बिसीले जानकारी दिनुभयो ।

Back to top button