पाताभार उपभोक्ता समितिद्वारा ३ महिने पलम्बीङ्ग तालिम सुरु

पाताभार । युवाहरुलाई आयआर्जनसँग जाेड्ने उद्देश्यले बर्दियाको गेरुवामा पलम्बीङ्ग तालिमको मंगलबार उद्घाटन गरिएको छ । पाताभार उपभोक्ता समिति गेरुवा २ पाताभारको आयोजनामा ३ महिने पलम्बीङ्ग तालिम सुरु भएको हो ।

कार्यक्रममा सहभागि गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारुले सीप सिकेर स्वदेशमै समेत थुप्रै रोजगारीका संभावना रहेको बताउनुभयो । उहाँले सीप सिकेको मान्छे कहिल्यै भोकै मर्नुपर्ने अवस्था सृजना नहुने बताउँदै तालिमको आयोजना गरेकोमा पाताभार उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

तालिममा सहभागिहरुलाई राजापुर टेक्नीकल कलेजका प्रशिक्षकहरुले तालिम दिने पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारुले बताउनुभयो । उहाँले कुनै पनि काम सानो ठुलो नहुने भएकोले तालिमलाई रोजगारीसँग जोड्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा संचालन भएको तालिममा ७ जना युवा सहभागि छन । कार्यक्रममा वडा सदस्य पुतुङ ग्राया दमेनी, पाताभार उपभोक्ता समितिका सचिव तपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

तालिम पाताभार उपभोक्ता समितिको कार्यालयमा संचालन हुने छ । पाताभार उपभोक्ता समितिले यस अघि समेत थुप्रै सीपमूलक तालिमहरु संचालन गरिसेको छ ।

Back to top button