पाताभार उपभोक्ता समितिद्वारा ३ महिने पलम्बीङ्ग तालिम सुरु

पाताभार । युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले बर्दियाको गेरुवामा पलम्बीङ्ग तालिमको मंगलबार उद्घाटन गरिएको छ । पाताभार उपभोक्ता समिति गेरुवा २ पाताभारको आयोजनामा ३ महिने पलम्बीङ्ग तालिम सुरु भएको हो ।

कार्यक्रममा सहभागि गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारुले सीप सिकेर स्वदेशमै समेत थुप्रै रोजगारीका संभावना रहेको बताउनुभयो । उहाँले सीप सिकेको मान्छे कहिल्यै भोकै मर्नुपर्ने अवस्था सृजना नहुने बताउँदै तालिमको आयोजना गरेकोमा पाताभार उपभोक्ता समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो ।तालिममा सहभागिहरुलाई राजापुर टेक्नीकल कलेजका प्रशिक्षकहरुले तालिम दिने पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारुले बताउनुभयो । उहाँले कुनै पनि काम सानो ठुलो नहुने भएकोले तालिमलाई रोजगारीसँग जोड्न प्रशिक्षार्थीहरुलाई अनुरोध गर्नुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा संचालन भएको तालिममा ७ जना युवा सहभागि छन । कार्यक्रममा वडा सदस्य पुतुङ ग्राया दमेनी, पाताभार उपभोक्ता समितिका सचिव तपेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

तालिम पाताभार उपभोक्ता समितिको कार्यालयमा संचालन हुने छ । पाताभार उपभोक्ता समितिले यस अघि समेत थुप्रै सीपमूलक तालिमहरु संचालन गरिसेको छ ।

Back to top button