शिवरात्रीको पावन अवसरमा गौरी शंकर शिव मन्दिर गणेशपुरमा महायज्ञ हुने

गणेशपुर । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ३ गणेशपुर (शान्तिबजार) स्थित गौरी शंकर शिव मन्दिरमा महायज्ञ हुने भएको छ । शुक्रबार बसेको बैठकले महायज्ञ २१ गतेदेखि २७ गतेसम्म संचालन गरिने तयारी थालेको महायज्ञ मुल समारोह समितिका संयोजक तेजराज बँजगाईले जानकारी दिनुभयो ।उहाँले महायज्ञको मिति थोरै तलमाथी हुन सक्ने जानकारी दिनुभयो । गौरी शंकर शिव मन्दिरको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले महायज्ञ संचालन गर्न लागिएको आयोजकले जनाएको छ ।समाजसेवी प्रेम बहादुर रावल, ३ वडाका वडा सदस्य जमान सिंह कडायत, राधा चौधरी, दुर्गा छिनाल, बरघर, बुद्धिजिवी, स्थानीय लगायतको उपस्थितिमा ६ बर्ष अघि संचालन गरिएको महायज्ञ पुनः शिवरात्रीको अवसरमा संचालन गर्ने तयारी थालिएको हो । महायज्ञबाट संकलित रकमबाट मन्दिर क्षेत्र सुधारमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।

Back to top button