गेरुवा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गेरुवा । गेरुवा गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गेरुवा गाउँपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत गेरुवावासीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा पालिकाको समसायिक गतिविधि, विकास निमार्ण, सडकबत्ति, फोहोर व्यवस्थापन लगायतका अन्य विषय वस्तूहरुमा समेत जिज्ञासा र सो को वारेमा चर्चा गरिएको थियो । कार्यक्रम गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको सभापतित्वमा सम्पन्न भएको थियो ।गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले बताउनुभयो ।

गेरुवा गाउँपालिकाकाको आयोजनामा तथा गेरुवा कर्णाली पोष्ट राष्ट्रिय दैनिकको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमकाे संचालन हिमालय खनालले गर्नुभएको थियो भने वहिर्गमन अभिमत र नागरिक प्रतिवेदन गेरुवा कर्णाली पाेष्टका संचालक सन्ताेष पाैडेलले गर्नुभएकाे थियाे ।

Back to top button