छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी एक प्रिय मावि पाताभारलाई

नवज्योतिबजार । छैठौँ अध्यक्ष कप तथा गेरुवा गाउँपालिका अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को उपाधी एक प्रिय राठौंर मावि पाताभारले आफ्नो पोल्टामा पारेको छ । २१ वटा स्वर्ण पदक, १० वटा रजत पदक र ५ वटा काश्य पदक जित्दै एक प्रिय राठौंर मावि पाताभार गेरुवा गाउँपालिका प्रथम भएको हो ।

त्यस्तै मावि तर्फको १४ स्वर्ण पदक, ४ रजत पदक र ७ काश्य पदक हात पार्दै जनता मावि गोला द्वितिय हुन सफल भएको छ भने १४ स्वर्ण पदक, ४ रजत पदक र ९ काश्य पदक जित्दै जानकी मावि जनकनगरले तृतिय स्थानमा चित्त बुझाएकाे छ ।

आधारभूत विद्यालय तर्फको ४ स्वर्ण पदक, २ रजत पदक र ३ काश्य पदक जित्दै सरस्वती आधारभूत विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ । ४ स्वर्ण पदक, २ रजत पदक र ३ काश्य पदक जित्दै सरस्वती आधारभूत विद्यालय विन्द्रा द्वितिय र ४ स्वर्ण पदक, २ रजत पदक र १ काश्य पदक जित्दै जनता आधारभूत विद्यालय सरखोलले तृतिय स्थानमा चित्त बुझाएको छ ।त्यस्तै प्रावि तर्फको ४ स्वर्ण पदक र १ रजत पदक जित्दै नेरा प्रावि गणेशपुर प्रथम, १ स्वर्ण पदक र १ रजत पदक जित्दै दिव्य ज्योति प्रावि गुप्तीपुर द्वितिय र १ स्वर्ण पदक हात पार्दै नवज्योति प्रावि सुखार तृतिय हुन सफल भएको छ ।

गेरुवा गाउँपालिकाको आयोजना तथा पशुपति माध्यमिक विद्यालय पशुपतिनगरको आतिथ्यतामा वडा नं ४ को गेरुवा खेलग्राममा प्रतियोगिता सम्पन्न भएको हो । मार्चपास, एथलेटिक्स, कबडी, भलिबल तथा कराते र तेक्वान्दो गरी ८ विधामा प्रतियोगिता भएकाे खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयले जानकारी दिएको छ ।माध्यमिक तहको प्रतियोगितामा ७, आधारभूत तहको प्रतियोगितामा ८ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । प्राथमिक तहको प्रतियोगितामा कबड्डी, भलिबल र मार्सल आर्टको विधा समावेस गरिएको थिएन भने आधारभूत तहको प्रतियोगितामा कबड्डी र मार्सल आर्टको विधा समेत समावेस नगरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भीमबहादुर धामीले बताउनुभयाे ।सामुदायिक र निजी गरी ३३ वटा विद्यालयमध्ये २० वटा विद्यालय मार्चपासमा सहभागी भएका थिए । प्रतियोगिताकाे समापन कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले रनिङ शिल्ड प्रतियोगिता लगातार ३ वर्षसम्म जित्ने विद्यालयलाई गाउँपालिकाले अनुदानस्वरुप ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

गत बर्षकाे राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी जानकी मावि जनकनगरले हात पारेकाे थियाे ।

Back to top button