गेरुवा महोत्सव–२०८०, राष्ट्रिय कलाकारसँग रमाउ गेरुवामै बसी

शान्तिबजार । गेरुवामा हुने दोस्रो गेरुवा महोत्सवको दिन नजिकिदै गर्दा आयोजक तिब्र रुपमा महोत्सवको तयारीमा जुटेको छ । गेरुवा गाउँपालिका संरक्षक रहने गरी गेरुवा उद्योग वाणिज्य संघ, शान्तिबजारले आयोजना गर्न लागेको महोत्सवको तयारी तिब्र पारिएको हो ।

यहि पौष २७ गतेदेखि माघ ९ गतेसम्म संचालन हुने गेरुवा औद्योगिक मेला तथा साँस्कृतिक महोत्सवको महोत्सव स्थल नेपसेन्ट्रिक होटल अगाडी आजदेखि घेरबारको काम सुरु हुने आयोजकले जनाएको छ । औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध गेरुवाको परिकल्पना भन्ने नाराका साथ संचालन हुने महोत्सवमा थारु कलाकारहरुलाई विशेष प्राथमिकता दिइने भएको गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीले बताउनुभयो ।

थारु जातिको महान पर्व माघीको अवसरमा आयोजना हुन लागेको महोत्सवमा थारु कलाकारहरुको दैनिकजसो प्रस्तुती रहने तालिका बनाउन आयोजक लागिपरेको छ । गत बर्ष समेत पहिलो गेरुवा महोत्सव संचालन गरेर केही पाठ सिकेको आयोजकले दोस्रो महोत्सव सभ्य र भब्य बनाउने तयारी थालेको छ ।

गेरुवाकै आगनमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएपछि गेरुवाबासी महोत्सव हेर्न अनेत्र धाउनुपर्ने बाध्यता हटेको कलाकार संयोजक कमल बहादुर बुढाले बताउनुभयो । उहाँले कलाकारकाे तालिका चाडै सार्वजनिक गरिने बताउनुभयाे ।

Back to top button