गेरुवा महोत्सवको कमाल, भित्रने छन महानायक राजेश हमाल

शान्तिबजार । थारु जातिले महान पर्वको रुपमा मनाउने माघी पर्वको अवसरमा बर्दियाको गेरुवामा दोस्रो गेरुवा महोत्सवको तयारी तिब्र पारिएको छ । यहि पौष २७ गतेदेखि माघ ९ गतेसम्म गेरुवा ३ शान्तिबजार स्थित होटेल नेपसेन्ट्रिक अगाडी हुने महोत्सवको तयारी तिब्र पारिएको हो ।

गेरुवा उद्योग वाणिज्य संघको आयोजना र गेरुवा गाउँपालिकाको संरक्षकमा आयोजना हुने महोत्सवमा ८० वटा स्टलहरु रहने आयोजकले जनाएको छ । महोत्सवमा थारु गाउँ, बाल उद्यान, कृषि प्रदर्शनी, मौतका कुवा, चर्के पिङ लगायतका स्टलहरु रहने र दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

गत बर्ष पहिलो गेरुवा महोत्सव संचालन गरेको गेरुवा उद्योग वाणिज्य संघले यस बर्ष भने कमिकमजोरी सुधार्दै भव्य र सभ्य महोत्सव संचालन गर्ने कसरत गरेको छ । औद्योगिक, साँस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय संभावना, समृद्ध गेरुवाको परिकल्पना भन्ने नारा सहित सुरु हने महोत्सवमा महानायक राजेश हमाललाई भित्र्याउने भएको छ ।

महाेत्सवकाे लागि गेट, मञ्च, सचिवालय, स्टल, घेरबार लगायतकाे कामहरुकाे सम्झौता आयोजकले गरिसकेको छ भने कलाकारहरुको समेत अन्तिम टुङ्गो लगाइसकेको छ । महाेत्सवमा करिब ७० प्रतिशल स्टलहरु बुकिङ भइसकेका छन ।

आयोजकले महोत्सवमा करिब ८० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको छ भने गेरुवाका दर्शकलाई गेरुवामै रमाउने वातावारण सृजना गर्न कुनै कसर बाँकी नराख्ने बताइएको छ । गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीले स्थानीय वस्तु तथा सेवाको उत्पादन एवं बजारीकरणमा मेला महोत्सवको महत्त्वपूर्ण भूमिका रहने बताउँदै महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताउनुभयाे ।

Back to top button