गेरुवामा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘शाखा रहित बैकिङ्ग सेवा’ शुरु

नवज्योती बजार । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले गेरुवा गाउँपालिका वडा नं. ४ नवज्योति बजारमा शाखा रहित बैकिङ्ग सेवाको शुरुवात गरेको छ । बैंकले गेरुवा शाखा अन्तर्गत नवज्योति बजारमा रहेको बैद्य एग्रोभेटका संचालक राम चन्द्र चौधरीलाई प्रतिनीधि तोकि शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित बैंकिङ्ग सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रकमान्तर गर्ने, विभिन्न किसिमका बिल भूक्तानी गर्न सक्ने, रेमिटेन्स भूक्तानी, कर्जा आवेदन गर्ने समेत व्यवस्था रहेको बैंकका गेरुवा शाखा प्रबन्धक भुपेन्द्र विसीले बताउनुभयो ।

शाखा रहित बैकिङ सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शाखारहित बैकिङ्ग सेवा सुभारम्भ भएपछि यस क्षेत्रका स्थानीयलाई बैकिङ्ग सेवामा सहज हुने उल्लेख गर्नुभयो । उहाँले बैकको शाखारहित बैकिङ्ग सेवालाई आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता गर्नुका साथै उक्त सेवाकेन्द्र मार्फत प्रत्यक्ष रुपमा आफ्नै खातामा रकम समेत जम्मा गर्नुभएको थियो ।

कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कर्म प्रसाद चौधरी, वडा नं. ४ बाट प्रतिनीधि देबिसरा कामी, आईडी नेपालका प्रतिनिधी राज किशोर राय लगायतको सहभागिता रहको थियो । शाखारहित बैकिङ्ग सेवाबारे बैंकका केद्रिय कार्यलयबाट उपस्थित कर्मचारी बुद्धिनाथ कार्कीले प्रष्ट पार्नुभएको थियो । शाखा प्रबन्धक विसीको सभाध्यक्षमा यसै शाखाका अप्रेसन इन्चार्ज महेश बहादुर सोडारीले संचालन गर्नुभएको कार्यक्रममा स्थानीयबासीको उत्साहजन सहभागितामा खाता खोल्ने, रकमान्तर गर्ने र विद्युतको बिल भूक्तानी समेत भएको थियो ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका देशभर २६१ वटा शाखाहरु लगायत ११० शाखा रहित बैकिङ्ग सेवाबाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २५७ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

Back to top button