गेरुवामा बाल विवाह दुर्व्यसन तथा लैङ्गिक हिंसा विरूद्ध जनचेतनामूलक सडक नाटक

गेरूवा । बाल विवाह दुर्व्यसन तथा लैङ्गिक हिंसा विरूद्ध जनचेतनामूलक सडक नाटक गेरूवामा शनिबार सम्पन्न भएको छ । राधाकृष्ण थारू जनसेवा केन्द्र (RKJS) द्वारा संचालित प्लान इन्टरनेशनल नेपालको साझेदारीमा र गेरूवा गाउँपालिका वडा नं. ५ को समन्वयमा बालिका शसक्त परियोजना अन्तरगत सडक नाटक सम्पन्न सम्पन्न भएको हो ।

राधाकृष्ण थारू जनसेवा केन्द्रले गेरूवा गाउँपालिका वडा नं. ५ सँग समन्वय गरेको वडाको सबैभन्दा बढी बाल विवाह हुने गाउँ छनोट गरेर वडाको स्याउलीबजारमा सडक नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारू जनसेवा केन्द्रका सुपरभाइजर शान्ति भट्टराईले बताउनुभयो ।

सडक नाटकमा बाल विवाह गर्दा हुने समस्याहरू विद्यालय जानबाट बञ्चित हुनुपर्ने, घर झगडा बढ्ने, उमेर नपुगेर बच्चा जन्माउदा आमा बच्चाको ज्यान जोखिममा पर्न सक्ने, बाल विवाह गरे पालिकाबाट पाउने सुविधाबाट बञ्चित हुनुपर्ने लगायतका बिषयहरू समावेश गरिएको थियोे ।

बाल विवाह, लागू पदार्थ दुर्व्यसनी, लैङ्गीक हिंसा बढिरहेको अवस्थामा यसलाई केही हदसम्म भएपनि कम गर्न सकिन्छ कि भनेर सडक नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारू जनसेवा केन्द्रका सुपरभाइजर भट्टराईले बताउनुभयो । कार्यक्रममा वडा नं. ५ का वडा सदस्य कमला परियार, जनकल्याण प्राविका प्रधानाध्यापक शेर बहादुर शाही, नमुना अाधारभूत विद्यालयका शिक्षक जनक शाही, गेरूवा गाउँपालिकाका वास संयोजक राम बहादुर कार्की लगायत १५६ जनाको कार्यक्रम उपस्थिति रहेको थियोे ।

Back to top button