माघीकाे अवसरमा दुबईमा हुने साँस्कृतिक कार्यक्रममा चर्चित गायिका सोनु कुश्मीकाे प्रस्तुती रहने

गेरुवा । गत बर्षहरु झै यसपटक पनि दुबईमा माघी पर्वको अवसरमा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने कार्यक्रमको तीव्र तयारी भइरहेको आयोजकले जनाएको छ।

माघीको अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन नेपालबाट चर्चित गायिका सोनु कुश्मी र गायक प्रकाश माझीलाई निम्तो दिइएको छ । अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा समीक्षा चौधरीको सहभागीता रहेको थियो।

त्यस्तै कामको सिलसिलामा दुबईमै रहेका गायक केशवराज महतो पनि प्रस्तुती रहने बताइएको छ । थासक युएईले वर्षेनि माघी महोत्सव आयोजना गर्ने र नेपालका कलाकारहरूलाई निमन्त्रणा गरेर सम्मान समेत गर्दै आएको छ।

कार्यक्रममा अन्नु चौधरी, श्रीनिवास चौधरी, मनोज महतो, संजय चौधरी, देवकृष्ण विश्वास, रामलाल चौधरी, मदन चौधरी, वर्षा लेखी, राजकुमार लेखीलगायतलाई संस्थाले सम्मान गरिसकेको छ। कार्यक्रम २१ जनवरी २०२४ का दिन बरदुबईको क्लब एभरेस्टमा हुने छ।

Back to top button