खाद्य संस्थानद्वारा गेरुवामा धान खरिद डिपो संचालनमा

गेरुवा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि. मुख्य शाखा कार्यालय राजापुरले गेरुवामा धान खरिद डिपो स्थापना गरि किसानको धान खरिद गर्ने भएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ बालुवाटार स्थित मैदानमा भोली बुधबारदेखि धान खरिद गर्ने गेरुवा गाउँपालिका वडा नं. ३ का वडा सदस्य जमान सिंह कडायतले गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।उहाँले डिपो संचालनमा अलि ढिलाई भएको भएतापनि डिपो संचालनको सुरुवाती गरेकोले यसले किसानलाई पक्कै फाईदा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । कम्पनीले आफ्नो मापदण्ड भित्र पर्ने मोटा धान प्रति क्वीन्टल ३ हजार १९८ रुपैँया, मध्यम धान प्रति क्वीन्टल ३ हजार ३६२ रुपैँया र मकवानपुर धान प्रति क्वीन्टल ३ हजार ५ सय रुपैँयामा पल्लेदारी खर्च बाहेक खरिद गर्ने जनाएको छ ।

साथै धान विक्रि गर्न ल्याउँदा किसानले आफ्नो परिचय खुल्ने कागज (नेपाली नागरिकता, लालपुर्जा, लाईसेन्स मध्ये एक) मा सम्बन्धित वडा कार्यालयको छाँप र हस्ताक्षर अनियवार्य पेश गर्नुपर्ने बताइएको छ ।

Back to top button