काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्नाेस्, सुरक्षा दिन तयार छाैँ : प्रहरी

काठमाण्डाै l तिहारमा काठमाण्डाैमा २४सै घण्टा देउसीभैलाे खेल्न पाइने भएकाे छ । प्रहरी र सुरक्षा समितिले तिहारमा देउसीभैलाे खेल्न कुनै सीमित समय निर्धारण नगरेकाे भन्दै काठमाण्डौमा २४सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न पाइने जनाएकाे हाे ।

काठमाण्डाै प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले देउसीभैलो खेली तिहार मनाउन आग्रह गर्नु भएकाे छ । उहाँले कसैले समय तोकेर देउसीभैलाे खेल्न अवरोध गरे प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो ।

‘काठमाण्डौमा आफ्नो संस्कृतिअनुसार देउसीभैलो खेल्नका लागि कुनै सीमित समय तोकेका छैनौँ। प्रहरी र सुरक्षा समितिले काठमाण्डौमा २४ सै घण्टा सौहार्दपूर्ण वातावरणमा देउसीभैलो खेल्न खुला रहेको छ । प्रहरी २४सै घण्टा सुरक्षा दिन तयार छ । तर नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक छ ‘उहाँले भन्नुभयाे ।

उहाँले सुरक्षा प्रबन्ध गर्ने प्रहरीको मात्रै जिम्मेवारी नभएर आम नागरिकको पनि भएको बताउँदै प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिरहेको बताउनु भयो । उहाँले  सुरक्षा प्रबन्ध मजबुत बनाउन कुनै कसर बाँकी नराखेको दाबी समेत गर्नुभयाे ।

यसअघि काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा व्यवस्था गरिएको बताउनु भएकाे भियाे । मेयर शाहकाे भनाइप्रति लक्षित गर्दै प्रहरी प्रमुख खत्रीले राति १ बजेसम्म देउसीभैलो खेल्न सुरक्षा प्रबन्ध महानगरपालिकाले गरेको भने पनि कानुनको शासन हुने देशमा कानुन कार्यान्वयन गर्ने निकाय नेपाल प्रहरी भएको बताउनु भयो ।

उहाँले नागरिकहरुले कुनै उश्रृङ्खल क्रियाकलाप नगरि सौहार्दपूर्ण रुपमा खेल्न आवश्यक रहेको बताउनु भयो ।

Back to top button