रास्वपाका नेता शर्माले मन्त्री चौधरीको भद्र एवं मिजासिलो स्वभावको खुलेरै प्रशंसा

पशुपतिनगर । राष्ट्रिय स्वतन्त्र पार्टी बर्दिया निर्वाचन क्षेत्र नं. २ का क्षेत्र समिति सचिव डिल्ली प्रसाद शर्माले लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री धर्म बहादुर चौधरीको प्रशंसा गर्नुभएको छ ।

बुधबार गेरुवा ५ स्थित पशुपति माविको अनुगमन एवं वस्तुस्थितीको जानकारी लिन गेरुवा आउनुभएका मन्त्री चौधरीको क्षेत्र समिति सचिव शर्माले आफ्नो फेसबुक मार्फत प्रशंसा गर्नुभएको हो ।

शर्माले आफ्नो फेसबुकमा विद्यालयका समस्याको बारेमा जानकारी लिने र दिने काम सप्पन्न भयो। भद्र एवं मिजासिलो स्वभाव र बोल्नु पर्ने मात्रै कुरा बोल्ने तथा अरुका कुराहरु लाई गम्भीरताका साथ सुन्ने बानी देखिर खुशी लाग्यो ।

उहाँले विद्यालयमा राजनीति गरिनु हुँदैन र यसको विकास तथा उन्नतिका लागि सबैले आ– आफ्नो ठाउँ बाट सपोर्ट र सहयोग गर्नुपर्छ भन्ने कुरामा मेरो पुर्ण समर्थन छ । पुरानै पाराबाट अब संघ/संस्था चलाउने काम गर्नु हुँदैन ।

विपक्षीले गरेका राम्रो कार्यको समेत विरोध गर्ने परिपाटीलाई तोड्दै शर्माले मन्त्री चौधरीको कार्यलाई समर्थन जनाउँदै फेसबुकमा स्टाटस राख्नुभएको छ । मन्त्री चाैधरीले विद्यालयकाे लागि आफुले सक्ने जति सहयोग गर्न सदैव तत्पर रहेको उल्लेख गर्नुभएको छ । 

Back to top button