रक्सी र पेयपदार्थ गत वर्षभन्दा १ अर्ब बढी खपत

काठमाण्डाै‌ँ । गत वर्षको तुलनामा यो वर्ष रक्सी र पेयपदार्थको अधिक मात्रामा नेपाल आयत भएको छ। दसैं तिहारमा बढी खपत हुने यी वस्तुहरू चालू आर्थिक वर्षको तीन महिनामा १ अर्ब २६ करोड रुपैयाँको भित्रिएको हो।

गत आर्थिक वर्षको यही अवधिमा ४२ करोड रुपैयाँको मात्रै भित्रिएको थियो। तर गत वर्ष भने आयतमा कडाई गरिएको थियो।

विदेशी मदिरा आयत प्रतिबन्ध लगाइएको थियो भने अन्य पेय पदार्थमा समेत कडाई गर्ने नीति सरकारले लिएको थियो।

Back to top button