कमैया महिला जागरण समाजद्वारा बढैयाताल गाउँपालिका स्थित टेशनपुरमा सञ्चालीत कार्यक्रमको संयुक्त अनुगमन

हुमकुमार चाैधरी, बढैयाताल । कमैया महिला जागरण समाजद्वारा बढैयाताल गाउँपालिका ९ टेशनपुरमा सञ्चालीत कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ । कमैया महिला जागरण समाज नेपालको सहयोगमा स्थानिय विकास कार्यक्रम अन्तरगत नेपालमा कृषिमा आधारीत बधुवा श्रमको अन्त्यका लागि मागमा आधारित सहयोग गरिएको पशुपालन र किराना पसल क्षेत्रमा सञ्चालित कार्यक्रमको आज अनुगमन गरिएको हो ।

बढैयाताल गाउँपालिका ९ का विष्णु थारुलाई बाख्रापालन, अमित थारुलाई किराना तथा चप्पल र फुलाराम थारुलाई किराना पसल सञ्चानको लागि संस्थाले प्रति व्यक्ति २०/२० हजार सहयोग गरेको छ । अनुगमनको क्रममा सहयोग पाए पछि तिनै जनाको व्यसायी राम्रो भए सँगै जीवन स्तरम सुधार आएको बताउनु भएको छ ।

पहिला व्यावसाय नगर्दा दिनभरी मजदुरी गरी साँझ विहानको जोह गरिरहनुभएका उहाँहरु कमैया महिला जागरण समाज नेपालबाट व्यवसायीको लागि सहयोग पाए पछि आर्थिक अवस्था सुधार भए संगै जिवन निर्वाह गर्न सहजता भएको बताएका छन ।

अनुगमनको क्रममा मुक्तकमैया समाजका पालिका समिति अध्यक्ष फुलराम थारु बढैयाताल गाउँपालिका ९ टेशनपुरमा ७ घरधुरीका मुक्तकमैया परिवारको जग्गा सामुदायीक बनमा रहेको र मुक्त कमैयाको जग्गामा सुकुमबासी बस्ती बसेको विषय जानकारी गराउदै समाधानको लागि पहल गरिदिन संयुक्त अनुगमन टोलीलाई आग्रह गर्नु भएको थियो ।

अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी कमैया महिला जागरण समाजले गरेका कार्यक्रम एकदमै प्रभावकारी भएको बताउनु भयो । यो कार्यक्रम बढैयाताल गाउपालिका विपन्न वर्गको आर्थिक स्तर माथि उठाएको बताउदै कमैया महिला जागरण समाजलाई धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमलाई निरन्तररुपमा सञ्चालन गर्न आग्रह गर्दै कार्यक्रलाई अझै प्रभावकारी र दिगो बनाउनको लागि गाउँपालिकाको साथ सहयोग रहने प्रतिवद्धता पनि जानु भएको छ । अनुगमनको क्रममा मुक्तकमयाको जग्गा विवाद र मुक्त कमैया बस्तिमा रहेको मुख्य समस्य नदि कटान अनुगमन गरेर समाधानका लागि गाउँसभामा छलफल गरेर समाधानको लागि पहल गर्ने आस्वसन दिनु भएकाे छ ।

अनुगमणमा कमैया महिला जागरण समाज नेपालका अध्यक्ष विरुनी थारु, बढैयाताल गाउपालिका अध्यक्ष हिमालय त्रिपाठी,  ९ वडाका वडा अध्यक्ष विरबहादुर थारु, दलित महिला वडा सदस्य गिता परियार, मुक्त कमैया समाजका पालिका समिति अध्यक्ष फुलाराम थारु, सदस्य छंग्गा थारु र जिल्ला सचिव निम बहादुर थारु, रहनु भएको थियो ।

त्यसैगरी कमैया महिला जागरण समाजका परियोजना अधिकृत राजेन्द्र प्रसाद थारु, नेटओर्किगं मोविलाईजर प्रेम कुमारी थारु, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

 

Back to top button