बारबर्दिया नगरपालिकाद्वारा धान थ्रेसिङ्गको ७ किलो र जोटाई १८ सय भन्दा बढि नलिन अनुरोध

बारबर्दिया । बारबर्दिया नगरपालिका वडा नम्बर १, २ र ३ का किसान, ट्याक्टर ब्यबसायी, जनप्रतिनिधि, नागरिक समाज, बरघरहरुको बैठकले धान थ्रेसिङ्ग र जोटाईको मुल्य निर्धारण गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २ मा बसेको बैठकले किसान र ट्रेक्टर ब्यबसायी दुबैलाई कर्मा नपर्ने गरी मुल्य निर्धारण गरि ट्याक्टर ब्यबसायहरुलाई कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

धान थ्रेसिङ्गको प्रतिकुन्टल ७ किलो, जोटाईका लागि कल्टीभेटर प्रतिघन्टा १ हजार ८ सय र रोल्टाभेटर प्रतिघन्टा २ हजार ५ सय रुपैयाँ भन्दा बढि नलिन बैठकले अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा छलफल गर्दा धान थ्रेसिङ्ग गर्दा ७ किलो लिदा ट्याक्टर ब्यबसायलाई दैनिक ८ घन्टा थ्रेसिङ्ग गरे खर्च कटाएर ७ हजार ५ सय सम्म आम्दानी हुने देखिएकोले सोही मुल्य निधारण गर्नु पर्ने किसानहरुको भनाई रहेको थियो ।

हाल प्रति कुन्टल ६ देखि १४ किलो सम्म मनप्रदि ज्याला लिरहेकोले समान ज्याला हुन आवश्यक रहेको किसानहरुको भनाई रहेको थियो । साथै धान थ्रेसिङ्ग गर्दा बाटो र सार्वजनिक स्थाल नै अवरोध गर्ने गरी नगर्ने, छिमेकीको घरमा पराल वा धुलोले असर नपर्ने गरी गर्न थ्रेसिङ्ग वडा कार्यालयले अनुरोध गरेको छ ।

यसैगरी बुधबार नगरपालिकाले धान थ्रेसिङ्गको बिषयमा नगरस्तरीय छलफल गर्ने भनी सुचना जारी गरेको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुको अध्यक्षतामा भएको बैठकको सजिकरण तथा संचालन नागरिक समाज संजाल बारबर्दियाका संयोजक शंकर थारुले गर्नु भएको थियो ।

Back to top button