मेस वायर बरिपरीको झाडी सफा गर्दै टिकुलीगढका स्थानीय

टिकुलीगढ । गेरुवा गाउँपालिका वडा नं. २ टिकुलीगढमा झाडी सरसफाई गरिएको छ । शनिवार टिकुलीगढको माथिल्लो टोलका स्थानीयले मेस वायर वरिपरीको झाडी सरसफाई गरेका हुन । बडघर किसिमराज थारु र मेस वायर संरक्षणका उपाध्यक्ष मानपति दहितको अगुवाईमा झाडी सरसफाई गरिएको स्थानीय निरन रिजालले जानकारी दिनुभयो ।

हरेक हप्ताको शनिवार टिकुलीगढमा रहेका ३ वटा टोलहरुले पालैपालो मेस वायर वरिपरीको झारी सरसफाई गर्ने गर्दछन । मेस वायरमा झारपातले घेरेपछि मेस वायरले काम नगर्ने भएकोले स्थानीयले समुह बनाएर सरसफाई गर्ने गर्दछन । धान भित्र्याउने सयमा जंगली हात्तीले धेरै सताउने भएपछि स्थानीयहरु हात्ती रोक्न बनाइएको मेस वायर संरक्षणमा जुटेका हुन ।

Back to top button