आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड–२०८० को राष्ट्रिय भावको गीतमा शसस्त्रका नरेश एमसी सर्वोउत्कृष्ट

काठमाण्डाै‌‌‍‍‍‍ l राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को राष्ट्रिय भावको गीतबाट शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसी सर्वोउत्कृष्ट हुनुभएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० मा ‘फौजीको बर्दिमा’ बोलको गीतबाट कलाकार एमसी सर्वोउत्कृष्ट हुुनुभएको हो ।

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर घर भई हाल काठमाण्डौंमा शसस्त्र प्रहरीमा कार्यरत एमसीले आफुलाई सर्वोउत्कृष्ट बनाउन भोट गरेर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको छ । ‘थरुनीको माया जालैमा परियो’ भन्ने गीतबाट एकाएक चर्चा कमाउनुभएका कलाकार एमसीका पछिल्लो समय थुप्रै गीत बजारमा आइसकेका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापा मगरले अवर्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई प्रदान गरिएको बताउनुभयो ।

Back to top button