गेरुवा ५ मा बाल विवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम अभियानको रुपमा सुरु

पथरैया । समुदाय स्तरमा बाल विवाह विरुद्ध अन्तरक्रिया कार्यक्रम बुधबार देखि अभियानको रुपमा सुरु गरिएको छ । गेरुवा गाउँपालिका वडा नं. ५ को आयोजनामा र बि–ग्रुप, कमैया महिला जागरण समाज, बेस बर्दियाको सहजिकरणमा गेरुवा गाउँपालिका वडा नं. ५ मा बाल विवाह, लागु औषध दुव्यसन लगायतका विषयलाई अभियानको रुपमा संचालन गरिएको बि–ग्रुपका सुपरभाइजर ज्ञान बहादुर चौधरीले गेरुवा अपडेलाई जानकारी दिनुभयो ।गेरुवाका ६ वटै वडाहरुमा यो अभियान संचालन गरिने भएपनि सुरुवातीमा गेरुवा गाउँपालिका वडा नं. ५ बाट थालनी गरिएको छ । गेरुवा गाउँपालिका वडा नं. ५ अन्तरगत १२ वटा टोलहरुमा क्रमश यो कार्यक्रम संचालन हुने गेरुवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष धर्म प्रकाश चौधरीले बताउनुभयो ।यो अभियानमा स्थानीय सरकार, प्रहरी, स्वास्थ्य कार्यालय लगायतको सक्रिय सहभागिता रहेको छ । बाल विवाह न्युनिकरण अभियान अन्तरगत यो अभियान सफल बनाउन बडघर, समुदायका प्रत्येक घरधुरीको साथ सहयोग अपरिहार्य रहेको बि–ग्रुपका सुपरभाईजर एवं कार्यक्रमका सहजकर्ता ज्ञान बहादुर चौधरीले बताउनुभयो ।

Back to top button