दश कक्षासम्म क्याम्ब्रिज स्कुलले निःशुल्क पढाउने भएपछि निवेशको परिवारमा खुसी

गेरुवा । आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने अवस्था सृजना भएका एक विद्यार्थीलाई विद्यालयले निःशुल्क पठनपाठन गराउने भएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजारमा रहेको क्याम्ब्रिज इङ्गलिस स्कुलले आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने अवस्था सृजना भएका कक्षा ६ मा अध्ययनरत गेरुवा गाउँपालिका वडा नं. ५ पथरैयाका निवेश दहितलाई निःशुल्क पठनपाठन गराउने भएको हो ।

स्कुलका फाउण्डर प्रेम बहादुर रावलले स्थानीय पुर्ण बहादुर शाही लगायतले चौधरीको पारिवारीक अवस्थाको बारेमा आफुलाई जानकारी गराएपछि सो बारे बुझ्दा निवेश चौधरीको बुवा विभिन्न रोगहरुसँग लड्दै उपचाररत रहेको हुँदा कक्षा १० सम्म निःशुल्क पठनपाठनको व्यवस्था गरिएको गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

‘गेरुवामा कुनै पनि बालबालिकाहरुले आर्थिक अभावका कारण विद्यालय छोड्नुपर्ने अवस्था सृजना भए आफुहरुले त्यसमा सक्दो सहयोग गछौँ ।’ विद्यालयका फाउण्डर रावलले भन्नुभयो, ‘निवेश दहित एउटा प्रतिनिधी पात्र मात्र हुन क्याम्ब्रिज इङ्गलिस स्कुलले अन्य थुप्रै विद्यार्थीहरुलाई छात्रवृतीको व्यवस्था गरेको छ ।’फाउण्डर रावलले विद्यालय परिवार कक्षा १२ सम्म विद्यालय संचालनको तयारीमा समेत रहेको जानकारी दिदै निवेशको परिवारको आर्थिक अवस्थामा सुधार नभएको खण्डमा आगामी दिनमा समेत साथ सहयोग गर्न सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । कक्षा १२ सम्म क्याम्ब्रिज इङ्गलिस स्कुलले आफ्नो नातिलाई निःशुल्क पठनपाठन गर्ने व्यवस्था विद्यालयले गरेपछि निवेशका हजुरबुवा बासुराम थारुले खुसी व्यक्त गर्नुभएको छ ।

छोरा सन्तराम थारुको उपचारमा परिवारले सबैथोक गुमाइसकेको बताउँदै थारुले नातिलाई विद्यालयले निःशुल्क पठनपाठन गर्ने व्यवस्था गरेर आफुमाथी ठुलो सहयोग गरेको उल्लेख गर्नुभयो । विद्यालयले भर्ना शुल्क, मासिक शुल्क र परिक्षा शुल्क निःशुल्क गर्ने बताएको छ ।

Back to top button