शिक्षकहरुको आन्दोलनमा आफ्नो एक्यबद्धता छ-दयाराम वैद्य

गेरुवा । नेकपा माओवादी केन्द्र गेरुवा गाउँपालिका कमिटीका अध्यक्ष दयाराम वैद्य (थारु) ले शिक्षकहरुको आन्दोलनमा आफ्नो एक्यबद्धता रहेको बताउनुभएको छ । आफ्नो फेसबुकमा पोष्ट गर्दै अध्यक्ष वैद्यले विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० लाई लिएर देशभरका शिक्षकहरु आन्दोलित हुनुभएको अवस्था सृजना भएको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्नुभएको छ ।

राष्ट्र निर्माणका खम्बाहरु उत्पादन गर्ने शिक्षकहरु विधेयक भित्र रहेको गलत प्रावधानहरुलाई संशोधन गरिनुपर्छ भन्ने आफ्नो माग भएको भन्दै यस आन्दोलन प्रति हाम्रो पनि ऐक्यबद्धता रहेको भन्दै फेसबुकमा पोष्ट गर्नुभएको छ। साथै उहाँले आन्दोलनको सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

यसको बावजुत आम अभिभावकहरुले पनि सरल तरिकाले बुझ्ने गरि बुँदागत रुपमा आन्दोलनको पुष्ट्याई गरिनुपर्ने बताउनुभयो ।
संशोधन गर्नुपर्ने बुँदाहरु के के हुन ?
ती गलत प्रावधानले दुरगामी रुपमा पार्ने प्रभाव के हुन सक्छ ?
धेरै लामो समय देखि किन बिधेयक आउन सकिराखेको थिएन। अर्थात कस्ले रोकिराखेको थियो ?
विधेयकमा समेटिनु पर्ने बुँदाहरु के के हो ? आदि l

Back to top button