शिक्षकहरुलाई विद्यालय बन्द गरेर आन्दोलनमा आउन आह्वान

काठमाडौं l विद्यालय शिक्षा ऐनविरुद्ध आन्दोलन घोषणा गरेको शिक्षक महासंघले विद्यालयहरु बन्द गरेर आन्दोलनमा आउन शिक्षकहरुलाई आह्वान गरेको छ। शिक्षक महासंघले बागमती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत सबै शिक्षक तथा प्रधानाध्यापकहरुलाई विद्यालय बन्द गरेरै आन्दोलनमा सहभागी हुन आह्वान गरेको हो।

विद्यालय शिक्षा ऐन २०८० नेपालको सार्वजनिक शिक्षालाई थप धरासयी बनाउने, आम शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेसागत हकहित विपरीत रहेको भन्दै संघले आन्दोनलमा सहभागी हुन भनेको छ। nimbमहासंघले असोज ३ गतेदेखि निर्णायक आन्दोलन गर्ने घोषणा गरेको छ। जसअन्तर्गत काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन गरिने जनाइएको छ। माग पूरा नभएमा असोज ४ गतेदेखि विद्यालय बन्द गरेरै आन्दोलनमा होमिने महासंघका पदाधिकारीहरुले जनाएका छन्।

Back to top button