गेरुवा महिला शिक्षक तथा कर्मचारी सञ्जालको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शान्तिबजार । अटवारी तथा हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गेरुवामा सम्पन्न भएको छ । गेरुवा महिला शिक्षक तथा कर्मचारी सञ्जालको आयोजनामा गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटल नेपसेन्ट्रिकमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम संचालन गर्दै शिक्षिका कमला पौडेल सुवेदीले हट्वारी पर्व र तीज पर्वको साँस्कृतिक महत्वको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल थारुले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।कार्यक्रममा बोल्दै अध्यक्ष थारुले थारु जातिले विशेष पर्वको रुपमा मनाउने अटवारी पर्व र हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज दुबैलाई जोडेर कार्यक्रम गर्नु आफैमा सुन्दर पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरुलाई वडाले सदैव साथ सहयोग गर्ने बताउनुभयो ।कार्यक्रममा गेरुवा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष हिमा कुमारी थारु, शिक्षा प्रेमी प्रेम बहादुर रावल, राजु बडुवाल, महिला सञ्जालका अध्यक्ष बाला चन्द लगायतले शुभकामना मनतव्य राख्नुभएको थियो ।त्यस्तै कार्यक्रममा नेपाल शिक्षक संघ प्रदेश प्रतिनिधी जयन्ती बजगाई, नरेन्द्र खनाल, सीता गौतम, नेपाल शिक्षक संघका सह–सचिव हर्क बहादुर धामी, हिस्टुन जिल्ला अध्यक्ष टंकराज शर्मा, इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी नायव निरीक्षक तेज खड्का लगायतले अटवारी तथा हरितालिका तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।गेरुवा महिला शिक्षक तथा कर्मचारी सञ्जालका अध्यक्ष रुपा पुनको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मनतव्य रश्मी बटाला थापाले राख्नुभएको थियो ।

Back to top button