बाँसगढीमा एक जना पुरुष मृत अवस्थामा फेला

हुम कुमार चौधरी, बाँसगढी । बर्दियामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । बाँसगढी नगरपालिका वडा नं. ४ मटेरीको बबई सिँचाईको नहरको किनारामा शुक्रबार बिहान पौने ११ बजे एक पुरुषको शव फेला परेको ईलका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।

फेला परेको शव बढैयाताल गाउँपालिका वडा नं. ६ मैनापोखर निवासी अन्दाजी ४५ वर्षीय लाल बहादुर रेग्मी रहेको ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले जानकारी दिनु भएको छ ।

रेग्मीको शव महेन्द्र राजर्माग देखि ५० मिटर दक्षिण नगरहको किनारामा फेला परेको प्रहरीले जनाएको छ । मृतक रेग्मीको के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । घटना बारे थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

Back to top button