नेकपा माओवादी केन्द्र गेरुवाको सचिवमा पौडेल र सह–सचिवमा तिरुवा मनोनित

गेरुवा । नेकपा माओवादी केन्द्र गेरुवा गाउँपालिका कमिटीको रित्त पदमा पदाधिकारी मनोनित गरिएको छ । नेकपा माओवादी केन्द्र गेरुवा गाउँपालिकाको सचिवालय बैठकले रित्त पदमा पदाधिकारी मनोनित गरेको हो ।

नेकपा माओवादी केन्द्र गेरुवा गाउँपालिका कमिटीे अध्यक्ष दशीराम थारु (हिक्मत) ले अध्यक्ष पदबाट राजिनामा दिएपछि सचिव पदमा रहनुभएका दयाराम वैद्य थारु अध्यक्ष पदमा रहेर गेरुवा गाउँपालिका कमिटीको नेतृत्व गरिरहनुभएको छ । पार्टीको अध्यक्षको जिम्मेवारी सम्हालेपछि भने सचिव पद रित्त भएको थियो ।

उक्त रित्त सचिव पदमा नरेन्द्र प्रसाद पौडेललाई मनोनित गरिएको छ । त्यस्तै पार्टीको सह–सचिव रहनुभएका तेजु परियार प्रदेश कमिटी सदस्यमा चयन भएपछि उहाँको ठाउँमा लोकेन्द्र तिरुवालाई मनोनित गरिएको छ ।

Back to top button