सरकारकाे राम्रा कामबाट केही व्यक्ति अत्तालिए: प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय सरकारले गरेको कामबाट एकथरी व्यक्तिहरू विक्षिप्त भएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा कामबाट केही व्यक्ति अत्तालिएकाले पार्टी सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेको दाबी गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी सङ्गठनको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले सरकारका काम कारबाहीलाई प्रभावकारीरुपमा अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

“पछिल्लो समय सरकारले गरेका कामबाट एकथरी व्यक्ति विक्षिप्त भएका छन्। उनीहरूले माओवादी केन्द्र, सरकार र गठबन्धनविरुद्ध भ्रम छर्दै हिँडेका छन्। त्यसलाई चिर्न बुद्धिजीवी सङ्गठनले भूमिका खेल्नुपर्छ।” प्रधानमन्त्री दाहालले भन्नुभयो।

प्रधानमन्त्रीले बुद्धिजीवी समाज सुधारक र अगुवा भएकाले सरकारले गरेका कामकारबाहीलाई जनताका बीचमा लैजान र सकारात्मक प्रचार गर्नसमेत आग्रह गर्नुभयो ।

Back to top button