जनता मावि गोलाबाट निजी श्रोतका शिक्षकलाई विदाई गरिदै

गोला । जनता माध्यमिक विद्यालय गेरुवा ४ गोलाले निजी श्रोतका शिक्षकलाई विदाइ गर्ने भएको छ । करिब डेढ दशकदेखि विद्यालयमा शिक्षण पेशा गर्दै आइरहेका निजी श्रोतका शिक्षकहरुलाई श्रोत अभावको कारण देखाई विदाईको तयारी थालिएको छ । विद्यालयका प्रधानाध्यापक सुन्दरलाल थारुले पालिकाले निशुल्क शिक्षा घोषणा गरेपछि श्रोतको अभाव हुन गई निजी श्रोतका शिक्षकहरुलाई विदाइ गर्नुपर्ने बाध्यता भएको बताउनुभयो ।

‘पालिकाबाट विद्यालयमा अनुगमन भएको थियो । अनुगमन टोलीले दरबन्दी अनुसार शिक्षक भएको कारण निजी श्रोतका शिक्षकहको आवश्यकता नभएको औल्याएको थियो ।’ प्रधानाध्यापक थारुले भन्नुभयो, ‘स्थानीयतहले निजी श्रोतको शिक्षकहको आवश्यकता नभएको भनेपछि आईतबार देखि निजी श्रोतका शिक्षकहरुलाई विदाई गर्दछौँ ।’

विद्यालयबाट २ जना शिक्षक, एक जना शिक्षिका र एक जना कार्यालय सहयोगीलाई शिक्षा प्रेमीहरुले शिक्षकहरुलाई विदाइ गर्नुको साटो श्रोतको खोजी गरी शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन । जनता मावि गोलाको नाममा राजापुर नगरपालिका वडा नं. १० स्थित मंगलपुरमा २ विगाहा १७ कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा जन चेतना मावि मंगलपुरले उपयोग गरेको छ भने मालपोत कर जनता मावि गोलाले तिर्दै आइरहेको छ ।

Back to top button