कर अविलम्ब फिर्ता लिन आग्रह गर्दै नेकपा एमाले राजापुरद्वारा ज्ञापन पत्र

राजापुर । राजापुर नगरपालिकाले सम्पत्ति करको दायरा असामान्य रूपमा वृद्धि गरेको भन्दै नेकपा एमाले राजापुर नगरकमिटीले ध्यानाकर्षण गराएको छ । नगरपालिकाले बढाएको कर अविलम्ब फिर्ता लिन आग्रह गर्दै नेकपा एमाले राजापुर नगरकमिटीले ज्ञापन पत्र बुझाएको छ।

सो अवसरमा राजापुर नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जगं शाहीलाइ नेकपा एमालेका राजापुर नगरकमिटी अध्यक्ष शर्मा चौधरी लगायतको टिमले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले तीन तहको सरकारको व्यवस्था गरेको छ ।

आम नागरिकको सर्वाङ्गीण विकास, सर्वसुलभता सेवामा सहज पहुंच लगाएतका सुविधाहरु उपलब्ध होस भन्ने स्थानिय सरकारको व्यवस्था भएको सर्वविदितै छ तर जनताहरु आर्थिक संकटको चपेटामा रहेको बेलामा राजापुर नगरपालिकाले सम्पत्ति कर र अन्य करका दर निर्धारण गर्दा असान्दर्भिक र अवैज्ञानिक तरले जनतालाई चरम आर्थिक भार पर्ने गरी २०५०/०३/१८ गतेको नगर सभाबाट पारीत गरी लागु गरेको छ ।

यस विषयमा राजापुर नगरवासीहरुबाट व्यापक जनगुनासो आइरहेको धारणा प्रति हाम्रो पार्टी नेकपा (एमाले) राजापुर कमीटीको गम्भीर ध्यानाकर्षण भएको छ। त्यस कारण राजापुर नगरपालिकाल चर्को रुपमा लिईरहेको सम्पति कर तथा अन्य करहरुको दर रेट घटाई नगरवासीहरुको उचित माग तत्काल सम्बोधन गर्न माग गर्दछौं । अन्यथा हाम्रो पार्टी यस विषयलाई लिएर सशक्त विरोधको कार्यक्रम गर्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Back to top button