कोरियाबाट भुपेन्द्र थापाद्वारा लक्ष्मण सोनाहा र बनरु थारुलाई आर्थिक सहयोग

गेरुवा । रोजगारिको लागि विदेश गएकाहरुको आफ्नै कथा व्यथा हुने गर्दछन । आफ्नो घर परिवार छोडेर सात समुन्द्र पारीको देशमा निकै कडा परिश्रम गर्नुपर्ने थुप्रैको कथा व्यथा रहेको छ । विदेशमा कतिपयले आफ्नो छाँक काटेर भएपनि पीडित परिवारलाई सहयोग गर्न पाउदा आत्मसन्तुष्टि पाउने गरेका छन । सामाजिक सञ्जालमा त्यसमा पनि गेरुवा अपडेटले विभिन्न दुःखमा परेका व्यक्तिहरुको भिडियो बारिर ल्याएपछि गेरुवाका भुपेन्द्र थापालाको कटक्कै मन खान्छ । जति सक्यो चाडै दुःखीहरुको सहयोगमा उहाँले पहलकदमी चाल्नुहुन्छ ।

बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ नवज्योति बजार घर भई हाल रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहनुभएका थापाले थुप्रै समस्यामा परेका परिवारहरुलाई सक्दो सहयोग गर्दै आउनुभएको छ । उहाँले बुधबार गेरुवा गाउँपालिका वडा नं. २ राजिपुरका कलेजो पीडित लक्ष्मण सोनाहाको उपचारको लागि ७ हजार रुपैँया र गेरुव ४ राजिपुरका क्यान्सर पीडित बनरु थारुको उपचारको लागि उपचारको लागि ५ हजार रुपैँया सहयोग गर्नुभएको छ ।

थापाले यस अघि गेरुवा गाउँपालिका वडा नं. १ थापापुरका क्यान्सरका कारण एउटा खुट्टा गुमाएका किसान चौधरी, मृगौला पीडित गेरुवा १ बनकट्टीका निलम कुमार चौधरी, गेरुवा ४ कि कृतिका चौधरी लगायत थुप्रैलाई आर्थिक सहयोग गर्नुभएको छ । यस्तै गेरुवा गाउँपालिका वडा नं. ४ खोनपुरका मृगौला पीडित परेक दमाईको उपचारमा सहज होस् भन्दै ४ हजार ५ सय रुपैँया सहयोग गर्नुभयो ।‘

गेरुवा अपडेटमा आफ्नो समस्या दर्शाउदै गहँभरी आँशु बगाएको भिडियो हेर्दा रातभरी निन्द्रा पर्दैन ।’ थापाले भन्नुभयो, ‘आफुले जे जति सकिन्छ परिवारलाई सहयोग नगरि मनले मान्दैन ।’ अरुको दुःख आफ्नै दुःख जस्तै लागेर सहयोग गर्ने गरेको उहाँको भनाई छ । उहाँले अरुको दुःखमा मलम लगाउन सक्नुनै महान कार्य भएको भन्दै पीडित परिवारलाई सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ ।

Back to top button