वन्यजन्तु पीडितलाई लायन्स क्लवद्वारा सहयोग

गेरुवा । वन्यजन्तु पीडितलाई लायन्स क्लव शान्तिबजारले सहयोग गरेको छ । गेरुवा गाउँपालिका वडा नं. २ टिकुलिगढका राम शंकर चौधरीको घर जंगली हात्तीले भत्काएपछि उहाँको परिवारलाई खान बस्न समस्या भएको भिडियो गेरुवा अपडेटबाट बाहिर आएपछि क्लवले सहयोग गरेको हो ।

लायन्स क्लवमा आबद्ध व्यवसायी चक्र धामी, शिक्षक हर्क धामीको नेतृत्वमा पीडित परिवारलाई बर्षातको समयमा दाउराले खाना पकाउन समस्या हुने भन्दै एलपी ग्यास र चुल्हो सहयोग गरिएको हो । खाद्यान्न सहयोग गर्ने तयारी गरेको क्लवले अन्य निकायले खाद्यान्न सामग्री वितरण गरेपछि परिवारको आवश्यकतालाई मध्यनजर गर्दै एलपी ग्यास र चुल्हो सहयोग गरिएको लाइन्स क्लव शान्तिबजारमा आवद्ध व्यवसायी चक्र धामीले गेरुवा अपडेलाई जानकारी दिनुभयो ।क्लवले गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, वडा सदस्य पुरन थापा लगायतको रोहवरमा पीडित परिवारकै घरमा गएर राहत वितरण गरेको छ । पीडित चौधरीले दाउराबाट खाना पकाउन समस्या भएको अवस्थामा लायन्स क्लवले ग्यास, चुल्हो सहयोग गरेपछि खुसी व्यक्त गरेका छन । भाद्र २ गते राती आएका २ वटा जंगली हात्तीले चौधरीको घर पूर्ण रुपमा क्षति गरेको छ । उहाँको परिवार अहिले छिमेकीको घरमा आश्रय दिएर बस्दै आएको छ ।

Back to top button