२५ गते अनिवार्य बजार बन्द गर्न गेरुवा उद्योग वाणिज्य संघको अपील

शान्तिबजार । गेरुवा उद्योग वाणिज्य संघले एक सूचना जारी गर्दै प्रत्येक महिनाको २५ गते अनिवार्य आफ्नो व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको छ । गेरुवा उद्योग वाणिज्य संघ गेरुवा ३ शान्तिबजार अन्तरगतका सम्पूर्ण व्यापार व्यवसाय २५ गते बन्द गरेर सहयोग गर्न सूचनामा अनुरोध गरिएको छ ।

गेरुवा उद्योग वाणिज्य संघका अध्यक्ष भिम धामीले प्रत्येक महिनाको २५ गते बजार बन्द गर्ने निर्णय भए अनुसार तरकारी, फलफुल, होटेल, मेडिकल बाहेकका अन्य व्यापार व्यवसाय बन्द गर्न अनुरोध गर्नुभएको छ । उहाँले २५ गते बजार बन्द गर्ने निर्ण भएपनि कहि कतै व्यापार व्यवसाय खुल्ने गरेको गुनासो आएपछि सूचना प्रकाशित गरिएको गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

२५ गते बजार बन्द गर्ने निर्णय भए पनि केही व्यापारीहरुले घरको आउने जाने बाटो लगायत विभिन्न बाहाना बनाएर पसल खोल्ने गरेको जनगुनासो रहेको छ ।

Back to top button