गेरुवामा तीन दिनमा तीन पसलमा चोरी

गेरुवा । गेरुवामा चोरीका घटनाहरु बढेपछि स्थानीय चिन्तित बनेका छन । तीन दिनमा तीन वटा पसलमा चोरी भएपछि स्थानीय चिन्तित बनेका हुन । गेरुवा १ झन्झटपुरमा अस्मित चौधरीको किराना पसलमा मंगलबार राती चोरी भएको छ । त्यसपछि बुधबार राति गेरुवा गाउँपालिका वडा नं. १ भठेरा स्थित सारा कस्मेटिक एण्ड किराना पसलमा चोरी भएको छ ।

गेरुवा २ उल्टनपुर स्थित दिनेश चौधरीको बिहिबार राति किराना पसलमा बाकसमा जम्मा गरिएको पैसा सहित बाकस समेत चोरी भएको पसल संचालकले गेरुवा अपडेटलाई बताएका छन । दिनहु जस्तै भएको चोरीले स्थानीयमा त्रास बढेको छ ।

Back to top button