धार्मीक अगुवाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम गेरुवामा सम्पन्न

गेरुवा । धार्मीक अगुवाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने तालिम गेरुवामा सम्पन्न भएको छ । बाल विवाह न्युनिकरण परियोजना अन्तरगत गेरुवा गाउँपालिका वडा नं. ३ शान्तिबजार स्थित होटेल नेपसेन्ट्रिकमा भएको तालिममा गेरुवा गाउँपालिकाका विभिन्न वडाहरुका धार्मीक अगुवाहरुको उपस्थिति रहेको थियो ।

गेरुवा गाउँपालिकाको सहकार्य, प्लान इन्टरनेशल नेपाल र बि–ग्रुपको साझेदारीमा आयोजना भएको कार्यक्रमको सहजिकरण अनिता विष्टले गर्नुभएको थियो । समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका धार्मीक अगुवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बि–ग्रुपका सुपरभाईजर सन्तोष चौधरीले बताउनुभयो ।

कार्यक्रममा सहभागि धार्मिक अगुवाहरुले दुई दिने तालिममा सिकेका कुराहरुको कार्ययोजना बनाएका छन । कार्यक्रममा सहभागि गेरुवा गाउँपालिका वडा नं. ४ का स्थानीय महंगु थारुले कार्यक्रममा सिकेका कुराहरु कार्ययोजना अनुसार समाजमा जनचेतना जगाउने गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

Back to top button