बि–ग्रुपको आयोजनामा गेरुवामा धार्मीक अगुवाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालिम

शान्तिबजार । धार्मीक अगुवाहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि दुई दिने तालिम गेरुवामा सुरु भएको छ । गेरुवा गाउँपालिका वडा नं. ३ स्थित होटेल नेपसेन्ट्रिकमा सुरु भएको तालिममा गेरुवा गाउँपालिकाका विभिन्न वडाहरुका धार्मीक अगुवाहरुको उपस्थिति रहेको छ ।गेरुवा गाउँपालिकाको सहकार्य र प्लान इन्टरनेशल नेपाल र बि–ग्रुपको साझेदारीमा आयोजना गरिएको कार्यक्रमको सहजिकरण अनिता विष्टले गर्नुभएको छ । समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका धार्मीक अगुवाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको सहजिकरण गर्दै सहजकर्ता अनिता विष्टले यौनिकता सम्बन्धि तालिमको माध्यामबाट यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्रति जनचेतना जगाउनुका साथै महिला तथा किशोरीहरुलाई मात्र नभई समाजका अगुवाहरुलाई समेत सशक्तिकरण गराउन आवश्यक रहेको बताउनुभयो । बाल विवाह न्युनिकरण परियोजना अन्तरगत सोमबार देखि सुरु भएको तालिम मंगलबारसम्म चल्ने बि–ग्रुपका सुपरभाईजर सन्तोष चौधरीले जानकारी दिनुभयो ।

 

Back to top button