जनता मावि गोलामा राती हात्ती प्रवेश गरेपछि…

गोला । जंगली हात्तीले गेरुवामा एक विद्यालयमा क्षति पुर्याएको छ । गेरुवा गाउँपालिका वडा नं. ४ स्थित जनता माध्यमिक विद्यालय गोलामा बुधबार राति करिब ११ बजेतिर जंगली हात्तीले क्षति पुर्याएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्ज छेउमै रहेको जनता माध्यमिक विद्यालयमा हात्तीले विद्यालयको ढोका, गेट, पर्खालमा क्षति पुर्याएको छ भने धान खेतीमा समेत नोक्सानी गरेको छ ।केही दिन अगाडी समेत हात्तीले विद्यालय प्रवेश गरेर क्षति गरेको स्थानीय सन्चराम चौधरीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । जंगली जनावरलाई रोक्न गेरुवा गाउँपालिकाले मेस वायर निर्माण गरेपनि त्यसको रेखदेख हुन नसक्दा ठाउँ–ठाउँमा क्षेति पुगेको छ ।जंगली जनवारको आतंकबाट गेरुवाबासी हैरानी भएकोले स्थानीय, प्रदेश र संघीय सरकारले यो समस्या दिर्घकालिन समाधानको लागि कदम चाल्नुपर्ने स्थानीयको माग रहेको छ ।

Back to top button