गेरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा विद्यालय सरसफाई

पथरैया । राष्ट्रिय स्वतन्त्र पार्टी गेरुवा गाउँपालिका ५ वडा कमिटीले शनिवार विद्यालय सरसफाई गरेको छ । पार्टीको बार्षिक उत्सवको अवसरमा रचनात्मक कार्य गर्ने उद्देश्यले गेरुवा ५ स्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गण सरसफाई गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका बर्दिया क्षेत्र नं. २ का सदस्य डिल्ली प्रसाद शर्माले जानकारी दिनुभयो ।

सरसफाई कार्यक्रममा वडा नं. ५ का संयोजक, अमर बहादुर सिंह, सचिव नारायण ढकाल लगायत कार्यसमितिको उपस्थिति रहेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले गेरुवा ५ र ६ वडामा कमिटी गठन गरिसकेको छ भने बाँकी ४ वडामा कमिटी गठन गर्ने तयारीमा रहेको छ ।

Back to top button