स्वास्थ्य संस्थाको सामाजिक परिक्षण अन्तरगत पालिका स्तरीय अभिमुखिकरण गेरुवामा सम्पन्न

पथरैया । स्वास्थ्य संस्थाको सामाजिक परिक्षण अन्तरगत पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गेरुवामा सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाको सहयोगमा गेरुवा कर्णाली पोष्ट दैनिकले सहजिकरण गरेको कार्यक्रमको सभाध्यक्ष गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले गर्नुभएको थियो ।अभिमुखिकरणको सहजिकरण गेरुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य शाखा प्रमुख भण्डारीले सामाजिक परीक्षण स्थलगत सर्भेक्षण तथा अनुसन्धानात्क विधिमा आधारित अध्ययन भएको बताउँदै अभिलेख तथा स्थलगत सर्भेबाट प्राप्त हुने तथ्य तथा सुचनाको आधारमा निष्पक्ष तथा बस्तुनिष्ट विषयबस्तुहरु प्रस्तुत हुनेमा विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, ३ का वडा अध्यक्ष निर्मल चौधरी, ४ का वडा अध्यक्ष महेन्द्रप्रसाद चौधरी, ५ का वडा अध्यक्ष धर्म प्रकाश थारु, ६ का वडा अध्यक्ष कृष्ण गोपाल चौधरी लगायत वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।त्यस्तै स्वास्थ्य संस्थाका प्रमुखहरु, गेरुवा कर्णाली पोष्ट दैनिकका कार्यकारी सम्पादक सन्तोष पौडेल लगातको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै गेरुवा गाउँपालिकाका अध्यक्ष केसीले सामाजिक परिक्षणले पालिकाले गरेका कामहरु, सुधार्नुपर्ने कुराहरु लगायतका बिषयबस्तुहरु आउनेभएकोले यसले पालिकाले आगामी दिनको रणनीति बनाउन सहज हुने बताउनुभयो ।

Back to top button