रनिङसिल्ड पोल्टामा पार्न एक प्रिय विद्यालय सोतोकान कराँते तर्फ

पाताभार । एक प्रिय राठौर मावि गेरुवा २ पाताभारले इच्छुक विद्यार्थीहरुलाई सोतोकान कराँते डोजो खेल खेलाउने भएको छ । शुक्रबार गेरुवा २ पाताभार स्थित एक प्रिय राठौर मावि विद्यालयमा सम्पन्न भएको सोतोकान कराँते सम्बन्धि छलफल सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगरले कराँतेले व्यक्तिगत मात्र नभएर राष्ट्रलाई चिनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले छोरीहरु सुरक्षित रहनको लागि समेत यस्ता खेलले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।त्यस्तै कार्यक्रममा बोल्दै गेरुवा २ का वडा अध्यक्ष कृष्ण थारुले पछिल्लो समय बालबालिकाहरु कुलतमा फस्ने गरेकोले यस्ता कार्यक्रममले बालबालिकाहरुलाई व्यस्त बनाई कुलतबाट बचाउन मद्दत पुग्ने बताउनुभयो । एक प्रिय राठौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुतन कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका प्रमुख भुपेन्द्र पुन मगर रहनुभएको थियो ।कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, समाजसेवी प्रेम बहादुर रावल, गेरुवा सोतोकान कराँतेका अध्यक्ष किरन कुमार थारु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सन्तोष न्यौपानेले गर्नुभएको थियो भने स्वागत मनतव्य गोविन्द सुवेदीले राख्दै विद्यालयले रनिङसिल्ड प्रतियोगितालाई मध्यनगर गर्दै कराँतेलाई समेत समावेश गर्न लागिएको बताउनुभयो । मार्सल आर्टसका बिभिन्न बिधामध्ये ‘सोतोकान कराँते’ बिधा विश्वकै इतिहासमा शक्तिशाली एंव निकै बलियो खेलको रुपमा लिइन्छ ।

Back to top button