गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाद्वारा निर्माण व्यवसायीसँग छलफल

पथरैया । गेरुवा गाउँपालिकाले निर्माण व्यवसायीहरुसँग बिहीबार बैठक सम्पन्न गरेको छ । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाले संचालन गरेका विकास निर्माण योजनाहरुको बारे छलफल भएको थियो । बैठकमा गेरुवाका विभिन्न वडाहरुमा काम गरिरहेको २० वटा निर्माण व्यवसायीहरुलाई छलफलमा उपस्थित हुन अनुरोध गरिएतापनि करिब ८ वटा निर्माण व्यवसायीहरुको बैठकमा उपस्थिति रहेको थियो ।गेरुवा गाउँपालिकाले हरेक महिनाको एक पटक निर्माण व्यवसायीहरुसँग बैठक बस्ने निर्णय गरेतापनि निर्माण व्यवसायीहरुको अनुपस्थितिले करिब दुई महिनामा एक पटक बैठक बस्ने गरिएको छ । गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले निर्माण व्यवसायीले १/२ महिना भित्र गरेका क्रियाकलाप र आगामी महिनाको योजना बैठकमा प्रस्तुत गर्ने उद्देश्यले बैठक बस्ने गरिएको जानकारी दिनुभयो । उहाँले निर्माण व्यवसायीहरुलाई काममा तताउन र निर्माण व्यवसायीहरुले योजनामा काम गर्ने समयमा कुनै समस्या उत्पन्न भए सोको जानकारी लिनको लागि बैठक आवश्यकता ठानी निर्माण व्यवसायीहसँग बस्ने निर्णय गरिएको जानकारी दिनुभयो ।तुल्सी इन्जिनियरिङ एण्ड कन्ट्रक्सन र हमाल विल्डर्सले निर्माण काममा चरम लापरबाही गरेको योजना अनुगमन तथा मुल्याङ्कन समितिका सदस्य सचिव प्रेम बहादुर जिसीले गेरुवा अपडेटलाई जानकारी दिनुभयो । लक्ष्मीपुजा निर्माण सेवा, गेरुवा निर्माण सेवा, कृष्णसार निर्माण सेवा, पि.एन.पी. निर्माण सेवा, वाईएस कन्स्ट्रक्सन एण्ड सप्लायर्स, केडिएन निर्माण सेवा, हमाल–मार्क जेभी लगायत निर्माण व्यवसायीहरुको बैठकमा सहभागिता रहेको थियो । बैठकमा निर्माण व्यवसायीहरुलाई निर्माण सम्पन्न मिति भित्र कार्य सम्पन्न गर्नको लागि काममा तिव्रता ल्याउन निर्देशन दिइएको छ

Back to top button