गेरुवामा मिलमा धान कुटाउने क्रममा एक महिलाको मृृत्यु

बगहीपुर । बर्दियाको गेरुवा गाउँपालिकामा मिलमा धान कुटाउने क्रममा बिहिबार एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका वडा नं. १ बगहीपुरमा रहेको वैद्य राइस मिलमा धान कुटाउने क्रममा सोही गाउँकी ६५ बर्षिय अस्कर्नी थारुको मृत्यु भएको पारिवारीक श्रोतले जनाएको छ ।

विहान करिब साढे ५ बजेतिर होलरको सापटमा कपडा बेरिएर घाईते भएकी थारुको तत्काल उपचारको लागि नर्सिङ होम नेपालगंज लगिएको थियो । नसिंङ होम नेपालगंजमा उपचारको क्रममा थारुको मृत्यु भएको गेरुवा १ का निवर्तमान वडा अध्यक्ष दयाराम वैद्यले गेरुवा अपडेटलाई जानकारी दिनुभयो ।

Back to top button