दादुरा–रुवेला खोप अभियान संचालनका लागि पालिका स्तरीय अभिमुखिकरण गेरुवामा सम्पन्न

पथरैया । दादुरा रुवेला खोप अभियान संचालनका लागि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गेरुवामा सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाको आयोजनामा सम्पन्न भएको अभिमुखिकरण कार्यक्रमको सहजिकरण गेरुवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण गर्दै स्वास्थ्य शाखा प्रमुख भण्डारीले दादुरा अति छिटो सर्ने संक्रामक रोग भएको उल्लेख गर्दै यो रोग मिजल्स भाईरसको कारणबाट हुने बताउनुभयो ।‘रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो ।’ स्वास्थ्य शाखा प्रमुख भण्डारीले भन्नुभयो, ‘यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।’दादुरा र रुबेला खोप अभियान कार्यक्रमलाई प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताउनुभयो । सबै मिलेर लक्षित उमेरका बालबालिकालाइ दादुरा रुवेला खोप प्रदान गरि यी रोगहरुबाट हुने विरामी दर, मृत्यु दर घटाउन आ–आफ्नो ठाउँबाट लाग्न आग्रह गर्नुभयो ।कार्यक्रममा गेरुवा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कृष्ण चौधरी, ३ का वडा अध्यक्ष निर्मल चौधरी, ५ का वडा अध्यक्ष धर्म प्रकाश चौधरी लगायतको सहभागिता रहेको थियो । त्यस्तै नेपाली कांग्रेस गेरुवाका सभापति प्रेम बहादुर रावल, नेकपा एमाले गेरुवाका इन्चार्ज भरत धामी, रेडक्रस गेरुवाका सभापति नरेन्द्र प्रसाद पाण्डे (राजु), पथरैया चौकीका प्रमुख भरत सारु लगायतको सहभागिता रहको थियो ।

 

Back to top button